विपद् सबैका लागि उस्तै हो । तर यस्ता खाले विपद् र महामारीको ठूलो र गम्भीर असर समाजमा सबैभन्दा पिंधमा पारिएका व्यक्तिहरुमाथि पर्ने गर्दछ । हाम्रो देशमा महिला, विपन्न वर्ग, सिमान्तिकृत, अपांगता भएका व्यक्तिहरु, लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरुका साथै भौगोलिक रुपमा विकट ठाउँमा बसोवास गर्नेहरुमाथि यो महामारीको असर धेरै परिरहेको छ । यस महामारीले उनीहरुमाथि पारिरहेको प्रभावसंग जोडिएका कथाहरुलाई यस कथा कोरोना पेजमार्फत बाहिर ल्याउने हामी कोशिस गर्नेछौं । हामी हरेक दिन यस्तै कथाहरु तपाईंहरु समक्ष ल्याउनेछौं ।